जेनिथ विद्यालयमा तेक्वान्दोको ग्रेडिङ

हेटौँडा, पिप्ले तेक्वान्दो डोजाङले शनिबार हेटौँडा–५ स्थित जेनिथ इन्टरनेशनल माध्यमिक विद्यालयमा खेलाडीहरूको ग्रेडिङ गरेको हो ।

ADVERTISEMENT

ग्रेडिङमा जुनियर ह्वाइट वेल्ट देखि व्लुवेल्ट गरी ३८ जना खेलाडीहरूको ग्रेडिङ गरिएको डोजाङ प्रमुख उमेश बुढाथोकीले जानकारी दिए । खेलाडीहरुको क्षमतालाई थप प्रोत्साहित गर्न  ग्रेडिङ गरेको उनले बताए । ग्रेडिङ कार्यक्रममा मकवानपुर जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष मानबहादुर वाइबाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

जेनिथ विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, हेटौँडा क्याम्पसका प्राध्यापक विवशजंग थापालगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *