नेकपा एमाले हेटौंडा ४ नम्वर वडाकाे संयाेजकमा बस्ताकाेटी, सचिवमा त्रिपाठी

हेटाैँडा/नेकपा एमाले हेटाैँडा ४ नं. वडाकाे संयाेजकमा राजेन्द्रकुमार बस्ताकाेटी र सचिवमा गीता त्रिपाठीलाई जिम्मेवारी दिईएकाे छ । शनिबार वडा पार्टी कार्यकर्ताकाे भेलाबाट २३ सदस्यीय पार्टी संगठन कमिटी, ४ नं. वडा पुन: गठन गरिएकाे हाे ।
भेलाले गत फागुन २१ गते सम्पन्न संघीय निर्वाचन र परिणामकाे बारे समीक्षा गर्दै पार्टीलाई वडाबासीकाे बीचमा स्थापित गर्न नयाँ रणनीतिका साथ अगाडि बढ्ने निर्णय गरेकाे छ ।

ADVERTISEMENT

भेलामा नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले नेकपा एमालेले राष्ट्रिय स्वाभिमान, लाेकतन्त्र सुदृढीकरण र विकास समृद्विकाे पक्षमा दृढतापूर्वक उभिरहँदा समेत पार्टी र पार्टीकाे नेतृत्वमाथी निरन्तर प्रहार हुनु गम्भीर रहेकाे बताउनु भयाे । हेटाैँडा-४ नं. वडा अध्यक्ष समेत रहेका सिग्देलले जनताकाे बीचमा हामीले कुनै शिर झुकाउने कार्य नगरेकाेले सुझबुझका साथ हामी एकताबद्व भएर देश र जनताकाे काममा जुट्दा हामी फेरि छिट्टै पराजयलाई विजयमा परिणत गर्न सकिने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य रघुनाथ खुलालले पार्टीलाई आन्तरिक रूपमा सुदृढ गर्दै बाहिर फैलाएका भ्रमलाई चिर्नपर्ने बताउनु भयाे । उहाँले हामी जनताबीचमा निरन्तर जाेडिरहेकाेले बदलिएकाे मतलाई पार्टीकाे पक्षमा ल्याउन सकिने बताउनु भयाे । निर्वाचन परिचालनका संयाेजक शिवहरी दहालले निर्वाचनमा सहयाेग गर्नुहुने सबै नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya