हेटौँडा अटोमोवाइल्स एशोसिएसनद्वारा भित्ते पात्रो विमोचन तथा शुभकामना आदानप्रदान

हेटौँडा, हेटौँडा अटोमोवाइल्स एशोसिएसनको आयोजनामा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम आइतबार हेटौँडामा भएको छ । संस्थाका अध्यक्ष धर्मराज धिमालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–११ की वडाध्यक्ष जुना दाहाल प्रमुख अतिथिमा भित्ते पात्रो विमोचन गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष धिमालले संस्थाका निवर्तमान अध्यक्ष ऋषिकुमार ढकालले सुरु गर्नुभएको भित्ते पात्रो विमोचन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको जानकारी दिनुभयो । उहाँले अघिल्लो वर्ष पार्टी प्यालेसमा कार्यक्रम आयोजना गर्दा खर्च बढी भएको अनुभवका आधारमा यस वर्ष आफ्नै संस्थाको परिसरमा कार्यक्रम आयोजना गरी मितव्ययिता अपनाइएको बताउनुभयो ।

संस्था हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयमा अवस्थित रहेको र वडा कार्यालयबाट निरन्तर सहयोग प्राप्त भइरहेकाले स्थानीय सरकारप्रति निकटता महसुस भएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि रहनु भएको दाहालले व्यवसायीहरूलाई पार्टपूर्जामा न्यून मार्जिन राखी इमानदारीपूर्वक व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू सुरेशकुमार श्रेष्ठ, सुदेशकुमार श्रेष्ठ, सागर सापकोटा, दामोदर प्रसाद अटल, निवर्तमान अध्यक्ष ऋषिकुमार ढकाल, कानुनी सल्लाहकार हेमन्त ढुङ्गाना, सल्लाहकार दिपेन्द्रकुमार उप्रेती, वरिष्ठ उपाध्यक्ष जितेन्द्र तिवारी तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक देवनारायण दुलालले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *