मकवानपुरगढी जेसीजको अध्यक्षमा विजय पुडासैनी

हेटौंडा, मकवानपुरगढी जेसीज वर्ष सन् २०२४ को अध्यक्ष पदमा विजय पुडासैनी सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको मकवानपुरगढी जेसीजको अधिवेशनबाट पुडासैनीको अध्यक्षतामा नयाँ कार्य समिति बनेको हो । जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुनिलप्रसाद सुवेदी र सुनिल पाख्रिन चयन भएका छन् ।

ADVERTISEMENT

यसैगरी मकवानपुरगढी जेसीजको उपाध्यक्षमा मनोज देवकोटा, रोहित पुडासैनी, प्रवेश सापकोटा र भरतमोहन देवकोटा चयन भएका छन् । मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली जेसीज वर्ष २०२४ का राष्ट्रिय महासचिव सरोज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा निर्वाचन आयुक्त जेसीआई सिनेटर अन्जनीकुमार पराजुली, जेसीआई सिनेटर अरुणकुमार दहाल, जेसीआई हेटौंडाका पूर्व अध्यक्ष माधव न्यौपाने, बासु न्यौपाने, जितेन्द्र कर्मचार्य, काव्यमणि अधिकारी, बस्तीपुर जेसीजका पूर्व अध्यक्ष दिपेन्द्र बर्तौलालगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *