एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

हेटौंडा, सामूदायिक विद्यालयतर्फ एसईइ परीक्षामा उत्कृष्ट नतिजा ल्याई जिल्ला प्रथम भएको हेटौंडा ९ स्थित प्रगति माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।

२०८० सालको एसईई परीक्षामा १०७ जना विद्यार्थी सम्मिलित भएकोमा ८१ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यवहाक वडाध्यक्ष विष्णु रानामगर, वडा सदस्य कमला पौडेल, विद्यालयका निवर्तमान अध्यक्ष प्रदीप पौडेल, पूर्व अध्यक्ष विष्णुमणि अधिकारी, सामूदायिक सेवा केन्द्रका अध्यक्ष राम विष्ट, पिटिए अध्यक्ष राजु गौतम, विद्यालयका प्राचार्य निरन्जन प्रसाद पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

उर्तिण भएका विद्यार्थीलाई अबको योजना के हो रु, के पढ्ने रु करिअर कता लाने रु भन्ने विभिन्न विषयमा अभिमुखीकरण समेत गरिएको थियो । ग्रेडवृद्धि गर्ने विद्यार्थीलाई विद्यालयले निशुल्क कोचिङ कक्षाको व्यवस्था गरिने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button