थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

हेटौँडा, थाहा नगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा आईतबार सार्वजनिक गरेकोछ ।
थाहा नगरपालिकामा रहेका १९ सरकारी र नीजि बिद्यालयका ५सय ९६ जना बिद्यार्थी सहभागि भएकोमा ५५८ जना बिद्यार्थी ग्रेडेड भएका छन् । जसमध्ये ३८ जना बिद्यार्थी ननग्रेडेड भएका थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

ADVERTISEMENT

थाहा नगरपालिकाको अनुसार ग्रेडेड भएका बिद्याथीृहरु मध्ये ४७ जनाले ३.६ देखि ४ जिपिए, १४८ जनाले ३.२ देखि ३ं६ जिपिए, २१२ जनाले २.८ देखि ३.२ जिपिए, १३५ जनाले २.४ देखि २.८ जिपिए र १६ जनाले २.२ देखि २.४ जिपिए प्राप्त गरेका छन् ।
आधारभूत तह उत्तीर्ण परीक्षामा थाहा नगरपालिकाका ७ वटा सामुदायिक बिद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेको छ ।
थाहा नगरपालिका वडा नं. १ को झम्केश्वरी माबि, थाहा ७ को सरस्वती माबि, थाहा ८ को ईन्द्रायणी माबि, थाहा १ को सुनौला माबि, थाहा २ को सरस्वती आधारभूत बिद्यालय, थाहा ११ को महांकाल आधारभूत बिद्यालय, थाहा ८ को बुद्ध आधारभूत बिद्यालयबाट परीक्षामा सहभागी हुने सबै बिद्यार्थी ग्रेडेड भएकाछन् ।

झम्केश्वरी माबि बाट ३२, सरस्वती माबिबाट २८, ईन्द्रायणी माबिबाट २७ सुनौला माबिबाट १९, सरस्वती आधारभूत बिद्यालयबाट १५, महांकाल आधारभूत बिद्यालयबाट १४ र बुद्ध आधारभूत बिद्यालयबाट ५ जना बिद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
यसैबिच थाहा नगरपालिकाको सबैभन्दा बढी ८० जना बिद्यार्थी सहभागी भएको थाहा ११ को बागेश्वरी माबिको ६९ जना बिद्यार्थी ग्रैडेड भएका छन् । र सबैभन्दा कम ८ जना बिद्यार्थी सहभागी भएको थाहा नगरपालिका ३ को सेतीगणेश आधारभूत बिद्यालयका ५ जना मात्रै बिद्यार्थी ग्रेडेड भएका छन् ।

ADVERTISEMENT

त्यस्तै थाहा नगरपालिकामा रहेका ६ वटा नीजि बिद्यालयले पनि शतप्रतिशत नतिजा प्राप्त गरेका छन् ।
थाहा नगरपालिकाका ६ को सरस्वती बिद्या मन्दिरबाट ४६ जना, थाहा नगरपालिकाका ४ को हिमालयण ईङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलबाट ३८ जना, थाहा नगरपालिकाका ३ को पालुङ भ्याली हार्ट एकेडेमीबाट २५ जना, थाहा नगरपालिका ६ को इअन ईङ्लिस एकेडेमीबाट २४ जना, थाहा नगरपालिका १ को पालुङ मोर्डन ईङ्लिस मिडियम स्कुलबाट १२ जना र थाहा नगरपालिका २ को पालुङ अंग्रेजी आवासीय माबि बाट ११ जना परीक्षामा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *