हेटौँडा–५ वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन

हेटौँडा, हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाको राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन गरिएको छ। वडा कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवनमा सरेसँगै सेवा प्रवाह थप व्यवस्थित र सहज हुने विश्वास लिइएको छ।

ADVERTISEMENT

राईटोलस्थित करिब डेढ कठ्ठा जग्गामा बागमती प्रदेश सरकार, उपमहानगरपालिका र वडा कार्यालयको संयुक्त लगानीमा १ करोड ६ लाख रुपैयाँ लागतमा १२ कोठे सुविधा सम्पन्न भवन निर्माण गरिएको वडा अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो। नवनिर्मित भवनको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गर्नुभएको हो।

नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुृ हुँदै नगर प्रमुख लामाले हेटौंडा नगरको परिकल्पना अनुरूपको हेटौंडा निर्माणका लागि पहलहरू भइरहेको बताउनु भयो। वडा कार्यालय जनताको सेवाको आधारस्तम्भ भएकाले नगरपालिकाले सेवा विस्तारका लागि सबै वडा कार्यालयहरूलाई आवश्यक जिम्मेवारी प्रदान गरिसकेको बताउनु भयो।

ADVERTISEMENT

नगर प्रमुख लामाले भवन निर्माणका लागि जग्गा प्राप्तिदेखि निर्माण सम्पन्न हुँदासम्म सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, व्यक्तिगत सिफारिसदेखि सरकारी सेवासम्मका काम छिटो, छरितो र प्रभावकारी ढंगले प्रवाह गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई समर्पित हुन आग्रह गर्नुभयो ।

उद्घाटन कार्यक्रमका अवसरमा वडाको समग्र विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *