नमुना प्रगति सहकारीद्वारा ज्येष्ठ सदस्य सम्मान तथा विद्यार्थी पुरस्कृत

हेटौँडा, हेटौँडा–२ मा रहेको नमुना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माता तीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा बिहीबार ७० वर्षमाथिका ज्येष्ठ सदस्यलाई सम्मान गर्नुका साथै कर्मचारी सम्मान तथा विद्यार्थीलाई पुरस्कृत गरेको छ।

ADVERTISEMENT

संस्थाले ज्येष्ठ सदस्यतर्फ हेटौँडा–११ निवासी ८० वर्षीय डोरमणि पौडेल र हेटौँडा–४ निवासी ७८ वर्षीया यसोदा देवी चौरेललाई सम्मान गरेको हो। पौडेल बागमती प्रदेशका प्रथम मुख्यमन्त्रीसमेत हुन्। सहकारीका अध्यक्ष मिठाराम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका सञ्चालक सदस्य बद्रीप्रसाद लम्साल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ (मासिक बचत) सुदर्शन अधिकारी र गीता मुक्तान, उत्कृष्ट ऋणीतर्फ (धितो सुरक्षणमा) कविता खड्का र विनोद ढकाल तथा उत्कृष्ट उद्यमी सदस्यतर्फ छयोइसाङ दोर्जे लामालाई सम्मान गरिएको थियो। त्यसैगरी उत्कृष्ट बाल बचतकर्तातर्फ अनुपम रिमाल र अंशु काफ्ले पुरस्कृत भएका छन्। स्नातक तहमा उत्कृष्ट अंक हासिल गर्ने रोशन पौडेल, आभास श्रेष्ठ, स्मृति दाहाल र सदिक्षा धिमाल तथा प्रविणता तहमा उत्कृष्ट अंक ल्याउने सविना दाहाल र सफल अधिकारीलाई पुरस्कृत गरिएको थियो।

यसैगरी २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने उज्ज्वल रेग्मी र सृष्टि दवाडीलाई समेत सम्मान तथा पुरस्कृत गरिएको संस्थाले जनाएको छ। संस्थाले ७० वर्ष उमेर पुगेका ५० जना शेयर सदस्यलाई सम्मान गर्नुका साथै कर्मचारीतर्फ लेखापाल अनुराधा हुमागाईंलाई पनि सम्मान गरेको थियो। कार्यक्रममा शिक्षा उपसमितिका संयोजक शिवराज पराजुलीले सहभागी जेष्ठ मातासँग मनका कुरा सम्वाद कार्यक्रम प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, संस्थाका उपाध्यक्ष एकालाल श्रेष्ठ, सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, सल्लाहकार, शेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

संस्थामा हाल २ हजार ७ सय ५ जना शेयर सदस्य रहेको जानकारी व्यवस्थापक बद्रीप्रसाद भण्डारीले दिए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *