सडक कच्ची, खाल्टाखुल्टी र डुवान मुक्त बनाउँछौँ: वडा अध्यक्ष सिग्देल

हेटौँडा, हेटौँडा उपमहानगरपालिका ४ नं. वडालाई २०८४ सालसम्म कच्चि, खाल्टाखुल्टी र डुवान मुक्त गरिने वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भएको छ । लक्ष्मी टोल विकास संस्थाको ८ औँ साधारणसभाको उद्घाटन गर्दै ४ नं. वडा हेटौँडाको मूख्य बजार क्षेत्र र मुटुको वडा भएकोले व्यवस्थित सहर र बस्ति बनाउन कच्चि रोड र खाल्टाखुल्टी मुक्त वडा बनाईने उहाँको भनाई थियो ।

ADVERTISEMENT

संघीय सरकार, प्रदेश सरकार र उपमहानगरसंग समन्वय गर्दै वडाको सबै सडकको स्तरीकरण कार्य अगाडि बढाउन लागिपरेको कामबाट नै नगरबासीमा छर्लङ्ग भएको वडा अध्यक्ष सिग्देलले दावी गर्नुभयो । सडक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, भाषा, साहित्य संस्कृति, युवा, महिला, विध्यार्थी, बृद्वबृद्वाको विभिन्न क्षेत्रमा कार्य गरिरहेको जानकारी दिनुभयो ।

साधारणसभा टोल विकास संस्थाका अध्यक्ष शान्ति बरालको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका सदस्य ईन्द्रबहादुर थापा मगरको विशेष आथित्यता रहेको थियो । साधारणसभाले पुनस् शान्ति बरालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको संस्थाकी प्रतिनिधि आशा ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya