बागमती प्रदेश सभाको बैठक वैशाख ६ गते आह्वान

हेटौँडा, बागमती प्रदेश सभाको चालु अधिवेशनअन्तर्गत बैठक वैशाख ६ गते आइतबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार उक्त बैठकमा गत चैत २५ र २६ गते प्रस्तुत विभिन्न विधेयकहरूको सैद्धान्तिक पक्षमा छलफल तथा दफावार छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

ADVERTISEMENT

उनले सदनमा छलफलका क्रममा उठेका विषयहरू सम्बन्धित समितिमा पठाइने जानकारी दिए । समितिमा दफावार छलफलपछि प्राप्त सुझाव समेटेर छुट्टाछुट्टै प्रतिवेदन तयार गरिने उनले बताए ।

यता, सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति नजुट्दा यस अधिवेशनमा सभामुख चयन प्रक्रिया अघि बढ्ने सम्भावना न्यून देखिएको छ । कांग्रेस निकट एक सांसदका अनुसार एक दिन बैठक सञ्चालन गरी हिउँदे अधिवेशन अन्त्य गर्ने र केही दिनभित्र बजेट अधिवेशन बोलाएर सभामुख चयन प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको छ । बागमती प्रदेशमा सत्ता हस्तान्तरण गर्ने वा यथावत् राख्ने विषयमा कांग्रेस र एमालेबीच विवाद कायम रहेकाले सभामुख चयन प्रक्रिया तथा मन्त्रालय संख्या घटाउने विषयसमेत ओझेलमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *