अचार र म:म: अब अनलाइनबाट घरमै, ‘सान्साको भान्सा’को वेबसाइट सार्वजनिक

हेटौँडा, हेटौँडाको हुप्राचौर नजिकै सञ्चालनमा रहेको ‘सान्साको भान्सा’ले आफ्ना परिकार अब अनलाइनमार्फत नेपालभर उपलब्ध गराउने भएको छ। स्थानीय उद्यमलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कम्पनीले आफ्ना उत्पादनहरू डिजिटल माध्यमबाट बिक्री वितरण सुरु गरेको जनाएको छ।

ADVERTISEMENT

एक औपचारिक कार्यक्रमका बीच उद्यमी श्रुति आचार्य भट्टराईले आफ्नो उद्योगको आधिकारिक वेबसाइट सार्वजनिक गरेकी हुन्। हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसका प्रिन्सिपल पुरनबहादुर जोशीले वेबसाइट उद्घाटन गरेका हुन् ।

आफूले अध्ययन गरेको प्रिन्सिपलबाट आफ्नै व्यवसायको वेबसाइट सार्वजनिक गराउँदा उद्यमी भट्टराईले विशेष खुशी व्यक्त गरिन्। कार्यक्रममा बोल्दै जोशीले आफ्नै संस्थाबाट अध्ययन गरेका विद्यार्थी उद्यमशीलतामा अघि बढ्नु सकारात्मक संकेत भएको उल्लेख गरे।

‘साँसाको भान्सा’ले विशेषगरी अचार, म:म: लगायतका परम्परागत तथा लोकप्रिय परिकार उत्पादन गर्दै आएको छ। अब ती परिकारहरू देशभरका उपभोक्ताले अनलाइनमार्फत सहज रूपमा अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ।

स्थानीय स्तरमा उद्यमशीलता र आत्मविश्वास बढाउँदै यस्ता पहलहरू विस्तार हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

Advertisement 5

उत्पादन तथा सेवाबारे विस्तृत जानकारीका लागि कम्पनीको वेबसाइट https://sansakobhansa.com/products मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *