आठौँ राष्ट्रिय बागमती गोल्डकपको उपाधि चित्लाङ एफसीलाई

हेटौँडा, चित्लाङ एफसीले आठौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

ADVERTISEMENT

मकवानपुरको बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा चित्लाङ एफसीले सर्लाहीको बागमती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो। चित्लाङ एफसीले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदै उपाधि जित्न सफल भएको छ।

उपाधिसँगै चित्लाङ एफसीले शिल्डसहित १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको बागमती युथ क्लबले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ। प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानलगायतले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभएको थियो।

प्रतियोगितामा चित्लाङका लक्ष्मण थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख १ हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट गोलरक्षक प्रिसो, उत्कृष्ट फरवार्ड एरोन थापा र उत्कृष्ट प्रशिक्षक सुमन श्रेष्ठ घोषित भए। यस्तै बागमतीका आयुष मगर उत्कृष्ट डिफेन्डर तथा अनिष महर्जन उत्कृष्ट मिडफिल्डर बने। सबै विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *