हेटौंडा, हेटौंडा उपमहानगरपालिका–१९ लेखपानीमा अवस्थित जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि किवानिज क्लक अफ हेटौडाले खाधान्न वितरण गरेको छ।
शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबले ३९ जना विद्यार्थीलाई दिवा खाजाको लागि ३५ बोरा चामल हस्तान्तरण गरेको हो। विद्यालयमा धेरै बालबालिका भोक भोकै विद्यालय आउने घरमा खाना अभावको कारण विधार्थिहरुपढ्न समेत नजाने गरेको अवस्था देखेपछि समाज सेवि कमल चन्द्र सुमन र हिमा बिडारिले क्लकमा सम्पर्क गर्नु भए पछि आवश्यकता महसुस गर्दै क्लबले उक्त सहयोग गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै किवानिज क्लब अफ हेटौडाका अध्यक्ष रत्नदेव बज्राचार्यले मानवीय संवेदनाका कारण आवश्यक परेको खण्डमा क्लबले विद्यालयलाई सहयोग गर्ने बताउनु भयो । किवानिज क्लवका अध्ध्यक्ष रत्नदेव बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कालिबहादुर घलान , विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोले, विद्यालय ब्यवस्थापन समितिका सदस्य भिमलाल गोले, किवानिज क्लबका निवर्तमान अध्यक्ष गंगा प्रसाद पौडेल, सचिव श्रृजनराज बज्राचार्य, प्रथम महिला निजिला शाक्य , समाजसेवि कमल चन्द्र सुमन, हिमा बिडारी लगायतको उपस्थिति थियो।
विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोलेले दाताहरुको सहयोग आउन थालेपछि विद्यालयमा उल्लेखनीय सुधार आएको बताउनुभयो । “विद्यार्थीको नियमितता बढेको छ, पढाइप्रतिको आकर्षण बढेको छ,” उहाँले भन्नुभयो । खाधान्न सामाग्री क्लबका संस्थापक अध्यक्ष ज्योतिरत्न बज्राचार्य र हेटौडा मोडल अस्पतालका संचालक डा। बसन्तमान श्रेष्ठले सौजन्य गर्नु भएको थियो ।
किवानिज क्लव अफ हेटौडा सन् २०२१ सालमा हेटौंडामा स्थापना भएको हो । भने किवानिज इन्टरनेशनल सन् १९१५ मा अमेरिकामा स्थापना भएको संस्था हो। बाल बालिकाको सर्वाङ्गिण बिकासको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको यो संस्था हाल नेपालका ६५ भन्दा बढी जिल्लामा विभिन्न क्लवहरुमार्फत बालबालिकाको शिक्षा, स्वास्थ्य ,नेत्तृत्व बिकास , खेलकुद र वातावरणको क्षेत्रमा सक्रिय छ।







