खेलाडी उत्पादन गर्ने लक्ष्यसहित हेटौंडामा भलिबल प्रशिक्षण

हेटौंडा, भलिबल खेललाई प्रवद्र्धन गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले हेटौंडामा भलिबल प्रशिक्षण शुरु भएको छ । हेटौंडाको लोकतान्त्रिक चौर हुप्राचौरमा रहेको भलिबल कोर्टमा गत बैशाख ३१ गतेबाट प्रशिक्षण शुरु भएको हो । विहान ६ः३० बजेदेखि सञ्चालन भइरहेको प्रशिक्षणमा एफआइभीभी भलिबल कोच सन्तोष श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

ADVERTISEMENT

प्रशिक्षणमा २८ जनाको सहभागिता रहेको कोच श्रेष्ठले जानकारी दिए । ‘मकवानपुरमा भलिबल खेलप्रति आकर्षण बढ्दो छ ।’ उनले भने –‘प्रशिक्षणको लागि भैसेबाट विहान खेलाडीहरू आउनुहुन्छ । भलिबल प्रशिक्षणमा अधिकांश कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको छ । ’

‘मकवानपुर जिल्ला भलिबल संघले बल र नेट उपलब्ध गराइरहेको छ । प्रशिक्षणको लागि प्रति व्यक्ति एक हजार लिने सोच बनाउँदै छु ।’ उनले भने –‘खेलाडीबाट एक हजार रुपैयाँ लिएर प्रशिक्षण गराउँदा खेलाडीलाई पनि आफूले खर्च गरेको आभाष हुन्छ र खेलप्रति लगाव र झुकाव बढी देखाउनु हुन्छ ।’ ‘प्रशिक्षणलाई निरन्तरता दिन्छु भन्ने आफ्नो अठोट छ । तर प्रशिक्षणलाई निरन्तरता दिइरहँदा खेलाडीहरुको अनुपस्थित पछि हुँदै जादा न्यून देखिन्छ । खेलाडीहरुको उपस्थिती न्यून भएपछि प्रशिक्षण सञ्चालन गरेर त्यसको कुनै औचित्य छैन ।’–उनले भने ।

ADVERTISEMENT

‘खेलाडीहरुले खेल खेलेर जीविकोपार्जन गर्न निकै धौधौ नै छ ।’ सत्मार्ग अनलाइनसँग कुरा गर्दै उनले भने –‘आफू पनि भलिबल खेललाई विकास गर्न तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले काठमाडौंबाट हेटौंडा आएको हुँ । तर खेलप्रति भविष्य नदेखेकोले रोजीरोटीको लागि अन्य व्यवसाय रोजेको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya