हेटौंडा, मकवानुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तुले नेकपा एमालेको नेतृत्वमा देश नबन्ने ठोकुवा गरे । ‘एमाले यो देशको बनमारा झार हो, यसले मुलुकको हित कहिल्यै सोच्दैन, छिन्तुले भने–‘त्यसैले गठबन्धनको सरकारले मात्रै मुलुकलाई समृद्धि दिन्छ ।’
उनले यसअघि मुलुकको व्यवस्था परिवर्तन गरेको र अब अवस्था परिवर्तन गर्न गठबन्धन जुर्मुराएको बताए । उम्मेदवार छिन्तुले यस क्षेत्रमा सडक , विद्युत, शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत कुरालाई पुरा गर्न पुन स् उम्मेदवारी दिएको दाबी गरे ।
लोकतान्त्रिक बाम गठबन्धन प्रचारप्रसार समिति वडा नम्बर ९ का सभापति मान बहादुर पाटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य बिजय गौतम, बागमती प्रदेश कमिटि सदस्य लक्ष्मी पाख्रिन, नेपाली काँग्रेसका जिल्ला सचिव ईश्वर पाठक, कोषाध्यक्ष होमनाथ गौतम, काँग्रेस महासमिति सदस्य मिरा बञ्जारा, निर्वाचन क्षेत्र नम्बर १ का प्रचारप्रसार संयोजक दामोदर खनाल लगायतको उपस्थिती रहेको थियो ।







