हेटौँडा, हेटौँडा उपमहानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ।
हेटौँडा उपमहानगरपालिका भित्र रहेका विभिन्न विद्यालयबाट ४ जीपीए प्राप्त गरी मकवानपुर जिल्लाको शैक्षिक गौरव बढाएको भन्दै १३ जना विद्यार्थीलाई जनही ६ हजार रुपैयाँ नगदले सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीहरूमा नवोदय शिशु सदनका वृष्टि जयस्वाल, परजन्य कुशवाह र पूर्णता गोर्खाली रहेका छन्। त्यसैगरी जीएस निकेतनका एलेक्स घिमिरे, समीक्षा यादव र रौनक भण्डारीलाई पनि सम्मान गरिएको छ।
यस्तै, बालजागृति अंग्रेजी माध्यम विद्यालयका देविना सञ्जेल र रेनिसा सापकोटा, ब्रह्मदिक विद्यालयका कुष्मा लौडारी र आभास घिमिरे सम्मानित भएका छन्। साथै आधुनिक विद्यालयका प्रशान्त यादव, बालज्योति विद्यालयका शुभम खनाल तथा फ्याम्कल विद्यालयका कृष्ण रिजाललाई पनि नगरले सम्मान गरेको हो।







