जिल्ला अदालतबाट २८ सय ६८ मुद्दा फछ्र्यौट

हेटौँडा, जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २८ सय ६८ वटा मुद्दा फछ्र्यौट गरेको छ। मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत अदालतले करिब ६९.११ प्रतिशत मुद्दा समाधान गरिएको जानकारी दिएको हो।

ADVERTISEMENT

अदालतकी श्रेस्तेदार रोशी भण्डारीका अनुसार चालु आर्थिक वर्षमा अदालतमा रहेका, जिम्मेवारी सरेर आएका तथा नयाँ दर्ता भएका गरी कुल ४ हजार १५० वटा मुद्दा रहेकामा तीमध्ये २८६८ मुद्दाको फछ्र्यौट गरिएको हो। यस्तै, अदालतमा हालसम्म बाँकी मुद्दा १२८२ रहेको उनले जानकारी दिइन्।

अदालतले चालु वर्षमा २७३९ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा सो लक्ष्यभन्दा बढी १०४.७० प्रतिशत कार्य सम्पादन भएको छ। “हामीले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गर्न सफल भएका छौं,” श्रेस्तेदार भण्डारीले भनिन्, “यसले सेवा प्रवाहमा देखिएको सुधार र न्याय सम्पादनको गतिलाई प्रतिबिम्बित गर्छ।”

पत्रकार सम्मेलन जिल्ला अदालत मकवानपुरका न्यायाधीश अवनी मैलानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा न्यायाधीशहरू गीता श्रेष्ठ, शकुन्तला कार्की र पूर्णिमा कोइरालाको उपस्थिति रहेको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *