गजल मञ्चल मकवानपुरको गजल लेखन कार्यशाला सम्पन्न

हेटौँडा, गजल मञ्च मकवानपुरको आयोजनामा २३६औँ गजल यात्राको अवसरमा विशेष गजल वाचन तथा गजल लेखन कार्यशाला शनिबार हेटौँडामा भएको छ । गजल मञ्च मकवानपुरका उपाध्यक्ष हरिप्रसाद पौड्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार डा। निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो ।

ADVERTISEMENT


कार्यक्रममा गजल मञ्च मकवानपुरका सल्लाहकार देवराज तिवारी, साहित्य सङ्गम मकवानपुरका पूर्व उपाध्यक्ष सानु खनाल तथा कवि एवं गजलकार पुरुषोत्तम आचार्यले आफ्ना गजल वाचन गर्दै विद्यालयका छात्रछात्रालाई शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथि श्यामकुमार बानियाँ तथा प्रमुख अतिथि डा. निमेष निखिलले कार्यक्रमको सफलताको कामना गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। उद्घाटन सत्रको समापन मञ्चका उपाध्यक्ष हरिप्रसाद पौड्यालले गर्नुभएको थियो।


कार्यक्रमको सहजीकरण संस्थाका सचिव कमल नेपालले गर्नुभएको थियो भने मञ्चका पूर्व अध्यक्ष केशव समर्पणले गजल लेखन कार्यशाला सञ्चालन गर्नुभएको थियो।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *