चन्द्रागिरि डाँडामा प्याराग्लाईडिङको व्यावसायिक उडान सुरु

हेटौँडा, चन्द्रागिरि एभिएशन नेपाल प्रा।लिले थाहा नगरपालिका वडा नं ९ तथा चन्द्रागिरि नगरपालिकाको सीमानामा पर्ने डाँडामा प्याराग्लाईडिङको व्यावसायिक उडान सुरु गरेको छ ।

ADVERTISEMENT

संघीय साम्सद एवं नेपाल सरकारका प्रमुख सचेतक महेश बर्तौलाको प्रमुख आतिथ्यतामा चैत्र २२ गते शुक्रबार प्याराग्लाईडिङको औपचारिक उट्घाटन गरिएको हो ।

चन्द्रगिरि एभिएशन प्रा।लिका अध्यक्ष हरिहर लामिछानेको सभापतित्वमा भएको सो कार्यक्रममा गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख मणिराज लामिछाने, कोलम्बो प्लान स्टाफ कलेज मनिला फिलिपिन्सका पूर्व महानिर्देशक डा। रामहरि लामिछाने, थाहा नगरपालिका वडा नं ९ का अध्यक्ष राजकुमार बलामी, चित्लाङ्ग होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष रामशरण नेपाल, बाबू एड्भेन्चरका अध्यक्ष सानोबाबु सुनार लगायतको उपस्थिति रहेको थियो ।

साहसिक पर्यटन व्यवसायको रूपमा चिनिएको प्याराग्लाईडिङ उट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बर्तौलाले ऐतिहासिक, साँस्कृतिक महत्वको थाहा नगरपालिकास्थित चित्लाङ्ग क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेकोे साथै, पछिल्लो समय मुलुकको राजधानी काठमाडौं लगायत स्थानबाट प्रत्येक हप्ता हजारौंको संख्यामा पर्यटकहरूको आगमन भइरहेको सन्दर्भ जोड्दै चन्द्रागिरि अभिएशन नेपाल प्रा।लिले सुरु गरेको प्याराग्लाईडिङ व्यवसायले समग्र थाहा नगरपालिकाको ग्रामीण पर्यटन प्रबर्द्धन तथा आर्थिक, सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

त्यस्तै, चन्द्रागिरि अभिएशन नेपाल प्रा।लिका अध्यक्ष हरिहर लामिछानेले हिमवत् खण्ड अन्तर्गतको चन्द्रागिरि क्षेत्रमा पर्ने डाँडालाई नै प्याराग्लाईडिङ व्यवसायका लागि आफुहरूले रोज्नुको पछाडि ऐतिहासिक, प्राकृतिक तथा अन्य बहुआयामिक कारण रहेको साथै संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने महत्वपूर्ण नाकाको रूपमा रहेको चन्द्रागिरी भज्याङ्ग क्षेत्र र चित्लाङ्गलाई साहसिक पर्यटनको माध्यमबाट नयाँ गन्तव्यको रूपमा विकास गर्न प्याराग्लाईडिङलाई रोजेको बताए ।

Advertisement 5

चन्द्रागिरि अभिएशन नेपाल प्रा।लिले जुन स्थानबाट प्याराग्लाईडिङ उडान सुरु गरेको छ, यसअघि सोही स्थानबाट बाबू एडभेन्चरले पनि प्याराग्लाईडिङ उदाउँदै आएको थियो ।

चन्द्रागिरि अभिएशन नेपाल प्रा।लिको संचालकहरूमा अध्यक्ष हरिहर लामिछानेका साथै रोहित सापकोटा, हरि थापा, सुदिप सापकोटा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *