मकवानपुर जिल्ला लिगः उपाधीको लागि सहिद स्मृति र पदमपोखरी भिड्ने

हेटौँडा, मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१ को उपाधीको लागि सहिद स्मृति क्लब र पदमपोखरी युथ क्लब भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल असोज १२ गते शनिबार दिँउसो २ बजे हुने आयोजकले जनाएको छ ।

बिहीबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनल खेलमा न्यू कम्वाइन क्लबलाई टाइब्रेकरमा ६–५ गोलले हराउँदै सहिद स्मृति क्लब फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनु परेको थियो । यस्तै आज भएको दोस्रो सेमीफाइनल खेलमा हाँडीखोला युथ क्लवलाई २-१ गोलले पराजित गर्दै पदमपोखरी युथ क्लव फाईनलमा प्रवेश गरेको हो ।

करिब ५ वर्षपछि सञ्चालन भएको जिल्ला लिगमा मकवानपुरका २८ वटा क्लवले सहभागिता जनाएका थिए । यो वर्षबाट जिल्ला लिगमा सहभागी क्लवलाई ए, बी र सी गरी ३ श्रेणीमा वर्गीकरण समेत गरिने भएको छ । प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने बी तथा छैठौं र सातौं स्थानमा रहने क्लव सी डिभिजनको क्लवको हैसियतमा रहनेछन् । जिल्ला लिगको विजेताले एकलाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै लिगको विजेताले बागमती प्रदेश लिग समेत खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *