वक्तृत्वकला प्रतियोगितामा सनराइज विद्यालयकी सितल ढकाल प्रथम

हेटाैडा, हेटौंडा–१३ पदमपोखरीस्थित फ्यामकल एकेडेमी विद्यालयका संस्थापक प्रधानाध्यापक केशव मुडभरीको दोस्रो स्मृतिमा आयोजित अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा सनराइज विद्यालयकी सितल ढकाल प्रथम भएकी छिन् ।

ADVERTISEMENT


शनिबार विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा फ्यामकल एकेडेमीका मानस्वी तिमल्सिना द्वितीय तथा महेन्द्र माध्यमिक विद्यालयकी कृश्मा पौडेल तृतीय हुन सफल भएका थिए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२, १३ र १४ अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका नाै जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वगान थिङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सल्लाहकार दुर्गा भट्टराई, अच्युत मुडभरीलगायतको आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *