हेटौंडा, टोल बिकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजनामा विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको सचेतना र्यालीमा झोलुङे पुल टोल विकास संस्था प्रथम भएको छ । यसैगरी लालिगुरास टोल विकास संस्था दोस्रो, जिम्वाडांडा टोल विकास संस्था तेस्रो भएको आयोजकले जनाएको छ । यसैगरी गणेशस्थान टोल विकास संस्था र प्रगती टोल विकास संस्थाले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो।
हेटौंडा उपमहानगरपालिक ११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा बाताबरण दिवसको सन्दर्भमा १६ गते देखि सुरु भएको विविध गतिविधि आज सचेतनामुलक र्याली तथा पुरस्कार वितरण तथा समापन गरिएको हो । सबैलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा बाल क्ल्ब स्तरिय हाजिरीजवाफ र बक्तित्वकला प्रतियोगिता पहिलो, दोश्रो तेश्रो र चौथो हुनेलाई समेत प्रमाणपत्र र नगद पुरस्कारबाट सम्मान गरिएको थियो।
कार्यक्रममै महिला उद्यमी बिमला थापा र बिमला बर्तौला र नगर स्तरिय बृहत् उद्यमी प्रदर्शनी तथा नृत्य प्रतियोगितामा चौथो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । वडा नम्बर ११ मा रहेका २३ वटा मध्ये १७ वटा टोल विकास संस्थाले र्यालीमा सहभागिता जनाएका थिए ।
हेटौंडा ११ को वडा कार्यालयबाट सुरु भएको र्यालीमा बिपन्न बचत तथा ऋण सहकारीको प्रतिक्षालयमा पुगेर पुरस्कार वितरण कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा वडा अध्यक्ष जुना दहाल टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, रामेश्वर नगरकोटिले कार्यक्रमको महत्व तथा बाताबरण संरक्षणमा टोल विकास संस्थाको भुमिकाको बिषयमा धारणा राखेका थिए।
समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षातामा भएको कार्यक्रममा वडा अध्यक्ष जुना दहालको प्रमुख आतिथ्यता रहेको थियो । वडा सदस्यहरु गोपिनी सापकोटा, विकास नेपाल, गिता सुनार, सन्जय बिडारी, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, नगर सदस्य शिवराज पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।







