सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवको आय–व्यय सार्वजनिक

हेटौँडा, हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ । विद्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी प्रधानाध्यापक परमानन्द सरोज कर्णले महोत्सवको आय–व्यय सार्वजनिक गर्नुभएको हो ।

ADVERTISEMENT

प्रधानाध्यापक कर्णका अनुसार स्वर्ण जयन्ती महोत्सव अवधिमा कुल ४६ लाख ७१ हजार २४३ रुपैयाँ आम्दानी भएको छ भने ३३ लाख १३ हजार १०८ रुपैयाँ खर्च भएको छ । विद्यालयले स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा गत पुस २४ गतेदेखि माघ ८ गतेसम्म विविध कार्यक्रम आयोजना गर्दै स्वर्ण जयन्ती महोत्सव मनाएको थियो।

महोत्सवका सम्पूर्ण गतिविधिलाई आर्थिक रूपमा पारदर्शी बनाउन पत्रकार सम्मेलनमार्फत आय–व्यय विवरण सार्वजनिक गरिएको प्रधानाध्यापक कर्णले बताउनुभयो।

ADVERTISEMENT

स्वर्ण जयन्ती आयोजक मूल समारोह समितिका संयोजक तथा हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको अध्यक्षतामा महोत्सव सम्पन्न भएको थियो। पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष महर्जनले वडा कार्यालयले शिक्षा क्षेत्रमा सबैभन्दा बढी लगानी गर्दै आएको उल्लेख गर्नुभयो।

उहाँले यस वर्षको एसईई नतिजामा सिद्धार्थ माध्यमिक विद्यालय हेटौँडामा चौथो स्थान हासिल गर्न सफल भएको भन्दै आगामी वर्ष तेस्रो स्थानमा पुग्ने लक्ष्यका साथ अझ मेहनत गर्न आग्रह गर्नुभयो। वि.सं. २०३२ साल माघ ८ गते तत्कालीन सिद्धार्थ निम्न माध्यमिक विद्यालयका रूपमा स्थापना भएको सिद्धार्थ माध्यमिक विद्यालय हाल संघीय सरकारबाट छनोटमा परेको बागमती प्रदेशका दुई ठूला विद्यालयमध्ये एकका रूपमा परिचित छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *