भैरवरोडको समस्या समाधानको पहल शुरू

हेटौँडा, हेटौँडा-४ स्थिति भैरवरोडमा वर्षाको बेला पानी खोला जस्तै बग्ने समस्या समाधानको पहल शुरू भएको छ । हेटौँडा-४ नं. वडाका अध्यक्ष नवीन सिग्देल र ५ नं. वडा अध्यक्ष सुशील घिमीरे समस्या स्थलमा प्राविधिक सहितको टोलीले पुरै भैरवरोडमा देखिएको पानी जम्ने र ढलको समस्या अध्ययन गरेको छ ।

ADVERTISEMENT

नगर प्रमुख मिनाकुमारी लामासंग ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले समस्या समाधानबारे केही दिन अगाडि गरेको सल्लाह अनुसार टोलीले समस्या भएको स्थानको अध्ययन गरि समस्या पहिचान गरिएको हो । टोलीमा उपमहानगरका योजना प्रमुख ई. सुवोध थापा र वातावरण ई. चन्दा खड्का, जनप्रतिनिधि, प्राविधिक टोली र कर्मचारीसहित स्थानीयबासी सहितको सहभागिता रहेको थियो ।

पानी सडकमा खोला जस्तै बग्नु भूगिगत ढलमा देखिएको समस्या र जमेको पानी पास हुने ठाउँ नभएकोले समस्या परेको ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । समस्या पहिचानपछि नगरप्रमुख मिनाकुमारी लामासंग समन्वय गरिएको र समस्या समाधानको लागि प्रक्रिया तत्काल अगाडि बढाईने अध्यक्ष सिग्देलको बताउनु भयो ।

ADVERTISEMENT

५ नं। वडा अध्यक्ष सुशील घिमीरेले भैरवरोडबाट बग्ने पानीले भैरवरोड संग जोडिएको ५ नं। वडाको विभिन्न क्षेत्र ढुवानको समस्या परेकोले यसको समाधानको लागि समेत पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *