नारायणी कलेजका विद्यार्थीलाई बिदाई तथा सम्मान कार्यक्रम

हेटौंडा, हेटौंडामा नीजि लगानीबाट गुणस्तरीय शैक्षिक सेवा दिदै आएको हेटौंडा १० मा रहेको नारायणी कलेजले विद्यार्थीलाई बिदाई तथा सम्मान गरेको छ ।

ADVERTISEMENT

क्याम्पसले बीबीएस चौथो संकाय र कक्षा १२ का विद्यार्थीलाई आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई बिदाई गरेको हो । कक्षा १२ मा १५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले जानकारी दिए । यसैगरी नारायणी कलेज कक्षा ११ मा अध्ययनरत छात्र सुबिन भ्लोनले राष्ट्रिय राष्ट्रपति कपमा रिले तर्फ प्रथम भएको उपलक्ष्यमा क्याम्पसले सम्मान गरेको छ ।

कार्यक्रममा विद्यार्थीले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ११, १२ का विद्यार्थी, अध्यापन गराउने शिक्षकलगायतको सहभागिता रहेको थियो । क्याम्पसमै अध्ययन गरी दुई वर्ष पूरा गरेको र विद्यार्थीलाई परीक्षाको शुभकामनासहित कार्यक्रमको आयोजना गरेको क्याम्पसका प्रिन्सिपल खरालले जानकारी दिए । क्याम्पसले विद्यार्थीलाई व्यवहारिक शिक्षामा जोड दिँदै आइरहेको उनले बताए । हाल होटल म्यानेजमेन्ट र व्यवस्थापनमा अध्यापन गराउँदै आएको क्याम्पसले उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले दाबी गरे ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *