हेटौंडा, मकवानपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जेठ ६ गते साँझ करिब ६ः१५ बजे विशेष सूचनाको आधारमा प्रहरी चौकी चौघडाबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका–६, खुमलटारस्थित सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा–१० निवासी २१ वर्षीय रोनक खड्गी र हेटौंडा–१८ निवासी २९ वर्षीय रोशन मालबुल रहेका छन् । उनीहरूको शरीर तथा साथमा गरिएको खानतलासीका क्रममा ५१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








