ऋत्विकको ‘कोरिएका धर्साहरू’ कविता संग्रह विमोचन

हेटौंडा/हेटौंडा–२ मा रहेको बालजागृति अंग्रेजी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्र ऋत्विक के.बीको पहिलो कविता सङ्ग्रह ‘कोरिएका धर्साहरू’ विमोचन गरिएको छ । बिहीबार बालजागृति विद्यालयमा कविता सङ्ग्रह विमोचन गरिएको हो । उनका माता पुण्यशिला श्रेष्ठ प्रकाशक रहेको कविता सङ्ग्रहमा २४ वटा कविताहरु रहेका छन् ।

ADVERTISEMENT

सानै उमेरमा कविता सङ्ग्रह प्रकाशन गरेको भन्दै कार्यक्रमका वक्ताहरुले ऋत्विकको प्रशंसा गरेका थिए । ‘सानै उमेरमा ऋत्विकले कविता सङ्ग्रह प्रकाशन गरेको छ । उनको कवितामा समय सान्दर्भिकता पाइन्छ’, सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिलले भने । आगामी दिनमा अन्य सङ्ग्रहहरु पनि प्रकाशन गर्नका लागि उनले शुभकामना व्यक्त गरे । बालजागृति विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले ऋत्विकको कविता सङ्ग्रहले विद्यार्थीहरु गौरभान्वित भएको बताए । साहित्य क्षेत्रमा लाग्न चाहने बालबालिकालाई हौसला मिलेको उनको भनाई थियो ।

बालजागृति विद्यालयका सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो । रिमालले विद्यार्थीहरुलाई सिजर्नशील बनाउन महाशाखाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । कार्यक्रममा ऋत्विकको माता पुण्यशिलाले २० वर्षमा आफूले पहिलो कृति प्रकाशन गरेको तर छोराले १६ वर्षमै कृति प्रकाशन गरेर रेकर्ड ‘ब्रेक’ गरेको बताइन् ।

कार्यक्रममा उच्च अदालत बार एशोसियशन मकवानपुरका पूर्व अध्यक्ष मदन दाहाल, बालजागृति विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya