जिल्ला लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक

हेटौंडा, मकवानपुर जिल्ला लिग ‘क्वालिफाई’ फुटबल प्रतियोगिता–२०८० को खेल तालिका सार्वजनिक भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले बिहिवार खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा हेटौंडा १८ को कमलदेवी युवा क्लब र श्री पञ्चशिल यूवा क्लब हेटौंडा–१२ बीच खेल हुने जनाएको छ ।

ADVERTISEMENT

मंसिर २३ गतेबाट हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुने प्रतियोगिताको फाइनल खेल मंसिर ३० गते हुनेछ ।
क्वालिफाइको लागि जिल्लाका १२ वटा क्लव दर्ता भएको छ । लिग क्वालिफाइ खेल्नका लागि ज्ञानज्योति युवा क्लव हेटौंडा, पदमपोखरी फुटबल एकेडेमी, बकैया यूथ क्लव, पञ्चशील युवा क्लव, कमलदेवी युवा क्लव, जनहित युवा क्लव, द रिभाइबल यूथ क्लव, कमाने फुटबल एकेडेमी, अग्रसर युवा क्लव, जनप्रवाह क्लव, सहयोगी युवा समाज रसमाज कल्याण युवा क्लव दर्ता भएका छन् ।

क्वालिफाइबाट फाइनल पुग्ने दुई क्लवले अर्को वर्षको जिल्ला लिग खेल्न पाउने र यस वर्षको लिगबाट दुईवटा क्लव रेलिगेसनमा पर्ने जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा विजेता र उपविजेता टिमले शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको पनि व्यवस्था गरेको आयोजकले जनाएको छ । आगामी चैत्रमा हुने मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको लागि मकवानपुर जिल्ला फुटबल संघले आवश्यक तयारी थालेको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *