बागमती प्रदेशमा सर्वदलीय बैठक, पाँच बुँदे निर्णय

हेटौडा, बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ। बैठकले भदौ २३ र २४ गते जेनजी अभियानको प्रदर्शनका क्रममा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतक परिवारप्रति गहिरो दुःख प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहानुभूति प्रकट गरिएको छ।

ADVERTISEMENT

त्यसैगरी, असोज ३ गतेको संविधान दिवसलाई भव्य रूपमा मनाउने निर्णय बैठकले गरेको छ। जेनजी अभियानका क्रममा बागमती प्रदेश सरकारका विभिन्न सरकारी संरचना, स्थानीय तहका संरचना तथा निजी व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

शुसाशन र खर्च कटौतीलाई प्रभावकारी बनाउन यथाशीघ्र कार्यक्रम ल्याएर अघि बढ्ने र प्रदेशसभाको बैठक छिट्टै सञ्चालन गर्ने विषयमा पनि बैठकले सहमति जनाएको छ।

बैठकमा एमाले संसदीय दलका नेता जेएन थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल तथा कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेललगायतको उपस्थिति रहेको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *