आजबाट हेटौंडामा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, उद्घाटनमा दुई खेल हुने

हेटौंडा, आजबाट हेटौंडामा खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघद्धारा आयोजना भलिबल प्रतियोगिताको उद्घाटन खेलमा दुई वटा खेल हुनेछ ।

ADVERTISEMENT

पहिलो खेलमा मकवानपुर भलिबल विरुद्ध गण्डकी प्रदेश र दोस्रो खेल सशस्त्र प्रहरी विरुद्ध पाथीभरा टाइगर भलिबल क्लबहुने आयोजकले जनाएको छ । प्रतियोगिताको समूह ए मा गण्डकी प्रदेश, मकवानपुर भलिबल, वालिङ भलिबल क्लव र त्रिभूवन आर्मी क्लव रहेको छ । समूह बी मा सशस्त्र प्रहरी, पाथीभरा टाइगर भलिबल क्लब र नेपाल पुलिस क्लब रहेको छ । जेठ २० गते सम्म खेलाइने प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः नगद दुई लाख र एक लाख रुपैयाँ सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सेमी फाइनलमा पुग्ने दुई टिमलाई नगद ५० हजार सान्त्वना पुरस्कार प्रदान गर्ने जनाइएको छ । खेलको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस वर्ष पुरुष तर्फको राष्ट्रिय खेल भएता पनि आगामी वर्षदेखी महिलाहरुको पनि प्रतियोगिता गरिने मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya