प्रदेश राष्ट्रिय दैनिकको सम्पादकमा गणेशदर्पण अधिकारी

हेटौंडा, हेटौंडाबाट विगत १० बर्षदेखि निरन्तर प्रकाशन भइरहेको प्रदेश राष्ट्रिय दैनिकको सम्पादकको जिम्मेवारी गणेशदर्पण अधिकारीलाई प्रदान गरिएको छ ।

ADVERTISEMENT

पत्रिकाको प्रकाशक समेत रहेका अधिकारीलाई नै सम्पादकको जिम्मेवारी प्रदान गरिएको हो । यसअघि सम्पादक रहेका विजय पौडेल स्थानीय तहको निर्वाचनबाट हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको सदस्य पदमा निर्वाचित भएसंगै राजीनामा दिएका थिए । पत्रिका सञ्चालकको बैठकले अधिकारीलाई नै प्रकाशक सम्पादकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

पौडेलले अधिकारीलाई सम्पादकको जिम्मेवारी हस्तान्तरण गरेका हुन् । विगत १२ बर्षदेखि मकवानपुरको पत्रकारितामा कृयाशील अधिकारीले पत्रिकालाई थप परिस्कृत र परिमार्जित गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनी रेडियो मकवानपुरका स्टेसन म्यानेजर तथा नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान सचिव समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *