हेटौंडा अस्पतालको बेतिथि सुधार्न कांग्रेसको ध्यानाकर्षण

हेटौंडा, पछिल्लो समय हेटौंडा अस्पतालमा बेतिथि बढेको भन्दै नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले सुधारको मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीले उपचारका लागि प्रयोगशाला परीक्षण र औषधि लिन समेत समस्या भएको खबर बाहिरिएपछि कांग्रेसले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ADVERTISEMENT

बिहीबार बिहान उपमहानगर सभापति उत्सव इटेनी सहितको टोलीले हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई भेटेर ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । बिरामीले पाएको सास्तीको समस्या तुरुन्तै समाधान गर्नुपर्ने कांग्रेसको माग छ । अस्पतालमा देखिएको समस्या र बिरामीले उपचारका क्रममा भोगेको झन्झटलाई छिटो भन्दा छिटो समाधान गर्न अनुरोध गरिएको छ । केही दिनदेखि हेटौंडा अस्पतालमा बिरामीले उपचार र रिपोर्ट प्राप्त गर्न तथा औषधि लिन समय खर्चिनुपरेको समाचार र सामाजिक सञ्जालमा आएपछि अस्पतालै पुगेर समस्या समाधानका लागि अनुरोध गरिएको उपमहानगर सभापति उत्सव इटेनीले बताए ।

अस्पतालका निमित्त मेसु सापकोटाले भवन र जनशक्तिको अभावका कारण समस्या देखिएको स्वीकार गर्दै छिट्टै समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए । ध्यानाकर्षण पत्र बुझाउन हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रेस युनियन अध्यक्ष पोष्टराज अधिकारी (कुमार), कांग्रेस उपमहानगर सचिव हर्करत्न लामा, सहसचिव निगम श्रेष्ठ, विकास बानियाँ, कोषाध्यक्ष कुलप्रसाद चौलागाई लगायत अस्पताल पुगेका
थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *