हेटौँडा, रातो बङ्गला फाउन्डेसनको आयोजनामा ‘गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी’ विषयक दुईदिने बागमती प्रादेशिक सम्मेलन हेटौँडामा सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले सामुदायिक विद्यालयमा भौतिक संरचना पर्याप्त भए पनि विद्यार्थी संख्या न्यून रहेको बताउनुभयो। सरकारले सामुदायिक विद्यालय लक्षित विभिन्न कार्यक्रम र स्रोत परिचालन गरिरहे पनि विद्यार्थीको आकर्षण अझै संस्थागत विद्यालयतर्फ रहेको उहाँको भनाइ थियो।

प्रारम्भिक बालविकासलाई शिक्षाको पहिलो खुड्किलोका रूपमा उल्लेख गर्दै मेयर लामाले दक्ष जनशक्ति उत्पादनको आधार यही चरणमा निर्भर हुने बताउनुभयो। आधुनिक र गुणस्तरीय शिक्षाका लागि समयसापेक्ष नीति र यस्ता खालका विमर्श आवश्यक रहेको उहाँले जोड दिनुभयो। ‘अबको शिक्षा सिपमुखी र आयमुखी हुनुपर्छ। सिकाइ सरल, सहज र बोझरहित हुनुपर्छ,’ उहाँले भन्नुभयो। हेटौँडा उपमहानगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयसँग सहकार्य गर्दै आएको र प्रतिस्पर्धी श्रम बजारमा टिक्न सक्ने शिक्षा विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो।
सम्मेलनमा सहभागी शिक्षकहरूप्रति सम्मान व्यक्त गर्दै मेयर लामाले देशको भविष्य निर्माण गर्ने मुख्य जिम्मेवारी शिक्षकको हातमा रहेको उल्लेख गर्नुभयो। सानो कमजोरीले पनि दीर्घकालीन प्रभाव पार्ने भएकाले शिक्षामा सचेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो। उद्घाटन कार्यक्रममा ‘प्रारम्भिक बालशिक्षाको वर्तमान अवस्था’ विषयमा प्यानल छलफल सम्पन्न भएको थियो। रातो बङ्गला फाउन्डेसनकी कार्यकारी निर्देशक एलिसना सुब्बाले सहजीकरण गर्नुभएको छलफलमा फाउन्डेसनकी उपाध्यक्ष तथा रातो बङ्गला विद्यालयकी प्रधानाध्यापक मिलन दीक्षित, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनकी प्राध्यापक मिनाक्षी दाहाल, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेश जोशी तथा प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर पराजुली सहभागी हुनुहुन्थ्यो।
रातो बङ्गला फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितले कक्षाकोठामै गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु मुख्य मन्त्र भएको बताउनुभयो। सम्मेलनअन्तर्गत ११ वटा बालकेन्द्रित अभ्यासहरू सञ्चालन गरिने जानकारी दिँदै उहाँले गुणस्तरीय शिक्षाका लागि स्थानीय तथा राष्ट्रिय अनुभव आदान–प्रदान, प्रभावकारी शिक्षण–सिकाइ विधिबारे सुझाव सङ्कलन, संघीय संरचनामा शिक्षा प्रणालीलाई सुदृढ बनाउने उपायमा छलफल, विद्यालयलाई व्यवहारिक रूपमा बालमैत्री बनाउने अभ्यास साझा गर्ने तथा शिक्षा सरोकारवालाबीच अन्तर–सिकाइ प्रवर्द्धन गर्ने उद्देश्य रहेको स्पष्ट पार्नुभयो।
सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाबाट २५० जनाभन्दा बढी शिक्षक, विद्यालय व्यवस्थापक, स्थानीय सरकारका प्रतिनिधि, शिक्षा विज्ञ तथा अन्य सरोकारवालाहरूको सहभागिता रहने लक्ष्य राखिएको छ।
ADVERTISEMENT