सिआन पुनर्स्थापना केन्द्रको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

हेटौंडा, सिआन पुनर्स्थापना केन्द्रले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार केन्द्रले एक वर्षको अवधिमा कुल २५१ जना (१६९ पुरुष र ८२ महिला) सेवाग्राहीलाई उपचार तथा पुनर्स्थापना सेवा प्रदान गरेको छ। तीमध्ये १६८ जना सफलतापूर्वक उपचार सम्पन्न गरी समाजमा पुनःस्थापित भएका छन् भने ७९ जना हाल उपचाररत रहेका छन्।

ADVERTISEMENT

प्रतिवेदनमा नेपाल सरकार गृह मन्त्रालयबाट कार्यसम्पादनका आधारमा सम्मान तथा अनुदान प्राप्त गरेको, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सेवा सम्झौता (MoU) सम्पन्न गरेको, जिल्ला स्तरीय तीन महिने लागूऔषधविरुद्धको अभियान सफलतापूर्वक सञ्चालन गरेको तथा मकवानपुर र चितवनका विद्यालयहरूमा व्यापक सचेतना कार्यक्रम सम्पन्न गरेको उल्लेख गरिएको छ।

केन्द्रले वर्षभरि १,१८५ व्यक्तिगत परामर्श, ८५० पारिवारिक परामर्श, ३६५ योग तथा ध्यान कक्षा, ११२ प्रेरणादायी सत्र, ८५ अतिथि व्याख्यान र विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको जनाएको छ। साथै महिला तथा पुरुषका लागि छुट्टाछुट्टै पुनर्स्थापना सेवा, मनोसामाजिक परामर्श, पुनःलत रोकथाम, व्यावसायिक सीप विकास तथा सामाजिक पुनःएकीकरणमा विशेष जोड दिइएको छ।

सिआन क्षति न्यूनीकरण परियोजनामार्फत एचआईभी तथा लागूऔषध रोकथाम, सुरक्षित सुई तथा कन्डम वितरण, स्वास्थ्य परीक्षण, व्यवहार परिवर्तन कार्यक्रम र समुदायस्तरीय जनचेतनामूलक गतिविधिहरू पनि प्रभावकारी रूपमा सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।

केन्द्रले आगामी आर्थिक वर्ष २०८३/०८४ मा मानसिक स्वास्थ्य सेवा विस्तार, महिला–पुरुष विशिष्टीकृत सेवा सुदृढीकरण, व्यावसायिक सीप विकास, स्थानीय सरकारसँग साझेदारी, पुनःएकीकरण कार्यक्रम तथा लागूऔषधविरुद्ध समुदाय केन्द्रित अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya