लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसकाे नेतृत्व विकास तालिम सम्पन्न

हेटौंडा, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एस, एरिया टु अन्तर्गत नेतृत्व विकास, संगठन सुदृढीकरण तथा डिजिटल प्रणाली सञ्चालन सम्बन्धी विभिन्न कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएका छन्।

ADVERTISEMENT


हेटौंडा उपमहानगरपालिका–१० स्थित डिस्ट्रिक्ट ३२५ एस, एरिया टुको सचिवालयमा आयोजित सचिवालय भ्रमण कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डे, क्याबिनेट सचिव, डिस्ट्रिक्ट कोषाध्यक्ष तथा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन महेशप्रसाद पोख्रेल लगायतको सहभागिता रहेको थियो।


सो अवसरमा लायन्स क्लब अफ हेटौंडा डिभाइनका संस्थापक अध्यक्ष लायन अरुणराज सुमार्गीले सचिवालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन एक थान डेस्कटप कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो। यसैबीच, डिस्ट्रिक्ट ३२५ एस एरिया टुले अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूका लागि स्कुलिङ तथा अभिमुखीकरण कार्यक्रम पनि हेटौंडास्थित हिमालयन दरबार ब्याङ्क्वेटमा सम्पन्न गरेको छ।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा डिस्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डे रहनुभएको थियो भने विशिष्ट अतिथिमा पीएमसीसी रामेश अग्रवाल, फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन अंकिता सुमार्गी, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन महेशप्रसाद पोख्रेल तथा विभिन्न पास्ट डिस्ट्रिक्ट गभर्नरहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा पीएमसीसी रमेश अग्रवालले लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) को उद्देश्य, कार्यक्षेत्र र मानवीय सेवामा यसको भूमिकाबारे जानकारी गराउनुभएको थियो। यस्तै, अध्यक्ष तथा प्रथम उपाध्यक्षहरूका लागि नेतृत्वसम्बन्धी प्रशिक्षण, सचिवहरूका लागि डिस्ट्रिक्ट क्याबिनेट सचिव लायन बासु तिमल्सिनाले सचिवीय कार्यसम्पादनसम्बन्धी प्रशिक्षण तथा कोषाध्यक्षहरूका लागि डिस्ट्रिक्ट कोषाध्यक्ष रामेश्वर गुप्ता तथा लायन डा. बलराम भट्टले वित्तीय व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।


तालिमको अन्तिम चरणमा लायन्स क्लब अफ हेटौंडा डिभाइनका कोषाध्यक्ष लायन रिजन इटनीले लायन्स इन्टरनेसनलको आधिकारिक डिजिटल पोर्टल सञ्चालन, व्यक्तिगत प्रोफाइल सिर्जना तथा क्लबसम्बन्धी विवरण अद्यावधिक गर्ने प्रक्रियाबारे सहभागीहरूलाई व्यावहारिक प्रशिक्षण दिनुभएको थियो।


आयोजकका अनुसार यस्ता प्रशिक्षण कार्यक्रमले लायन्स क्लबका पदाधिकारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै संगठनलाई प्रविधिमैत्री र थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya