एशोसिएसनमा आबद्ध व्यवसायीहरूलाई  करदाता शिक्षा

हेटौँडा, हेटौँडा अटोमोबाइल्स एशोसिएसनको आयोजनामा एशोसिएसनमा आबद्ध व्यवसायीहरूलाई लक्षित गरी करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम आज हेटौँडामा भएको छ।

ADVERTISEMENT

करदाता प्रोत्साहन कार्यक्रम, करदाता शिक्षा तथा आर्थिक विद्येयक २०८३ ले प्रदान गरेका छुट र सहुलियतबारे सदस्यहरूलाई जानकारी  गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष धर्म धिमालले जानकारी दिनु भयो ।

आन्तरिक राजस्व कार्यालय हेटौंडाका सूचना अधिकारी ध्रुव सिं घलानले  कार्यक्रम  सहजीकरण गर्नु भएको थियो । हेटौँडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष धिमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीको प्रमुख अतिथिमा कार्यक्रम  भएको हो ।

कार्यक्रममा एशोसिएसनमा आबद्ध करिब ५१ जना व्यवसायी सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एशोसिएसनका सुरेस श्रेष्ठ, सागर सापकोटा, निवर्तमान अध्यक्ष ऋषिकुमार ढकाल, सल्लाहकार हेमन्त ढुङगेल, दिपेन्द्र उप्रेतीको उपस्थिति रहेको थियो । एशोसिएसनका कार्य समिती सदस्य दैवज्ञ सुवेदीले कार्यक्रम सञ्चालन गर्नु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya