हेटौंडा, नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको खुशीयालीमा हेटौंडामा दीपप्रज्वलन भएको छ ।
मकवानपुर क्रिकेट संघले शुक्रबार हेटौंडाको बुद्धचोकमा दीपप्रज्वलन गरेको हो ।
शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।






