हेटौंडा, घरेलु टिम रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले छैठौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका छन् ।

गोल्डकपमा दुई पटक उपविजेता बनेको मकवानपुर यो वर्ष उपाधि जित्ने लक्ष्यका साथ टिमको तयारी गरिरहेको छ । मकवानपुर गोल्डकप प्रतियोगिताको लागि विगत तीन महिनादेखि हेटौंडाको वनविज्ञान अध्ययन संस्थामा घरेलु टिमले नियमित अभ्यास गर्दै आइरहेको छ ।







