हेटौंडा, मकवानपुर जिल्ला सहकारी संघमा नवनिर्वाचित समितिलाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले स्वागत तथा सम्मान गरेको छ । शनिबार भएको मकवानपुर जिल्ला सहकारी संघको २० औँ साधारणसभाबाट नारायणप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्माण भएको थियो ।

आइतबार दिव्यतारा सहकारी संस्थाका अध्यक्ष डा. गणेश बहादुर बल लामा र बागमती प्रदेश सभा सदस्य लक्ष्मी देवी श्रेष्ठले मकवानपुर जिल्ला सहकारी संघमा नवनिर्वाचित सञ्चालक समितिलाई टिका तथा खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए । मकवानपुर जिल्ला सहकारी संघको अध्यक्ष नारायण प्रसाद देवकोटाले स्वागत समारोह सहकारी जगतको नै नयाँ सुरुवात कार्यक्रम भएकोले दिव्यतारा सहकारीको प्रशंसा व्यक्त गरेका थिए ।
वर्तमान असहज अवस्थामा संस्थाको दिगो बिकासमा एकताबद्ध भइ लाग्न सहकारीमा कार्यरत कर्मचारीहरुलाई उनले निर्देशन दिएका थिए । जिल्ला सहकारी संघका सचिव दिनेश उपाध्यायले सहकारी अभियानमा लाग्दै गर्दा राजनीतिबाट अलग रही सबैलाई समेटेर भातृत्वको रक्षा गर्नुपर्ने सुझाब दिएका थिए ।
शनिबार भएको मकवानपुर जिल्ला सहकारी संघको २० औँ साधारणसभा तथा अधिवेशनबाट देवकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्माण भएको थियो । समितिको उपाध्यक्षमा मेनुका दाहाल घिमिरे, सचिवमा दिनेश उपाध्याय, कोषाध्यक्षमा विमलकुमार ढकाल, सहसचिवमा भोगेन्द्र लुईटेल चयन भएका थिए ।
यसैगरी सदस्यमा अर्जुनप्रसाद वाग्ले, सिताराम दाहाल, हेमप्रसाद न्यौपाने, हरीप्रसाद पौडेल, बिमला कार्की, शर्मिला डंगोल, श्रमिक लामा चयन भएका छन् । यसैगरी लेखा समितिको संयोजकमा खेमराज सापकोटा चयन भएका छन् भने सदस्यमा ज्ञानेन्द्र ढुङ्गाना र लक्ष्मणप्रसाद सुवेदी चयन भएका थिए ।






