बागमती प्रदेशमा ४ हजार ५४ वटा मुद्दा दर्ता

हेटौंडा बागमती प्रदेशमा अपराध सम्बन्धी ४ हजार भन्दा बढी मुद्दा दर्ता भएको छ । प्रदेशमा चालु आर्थिक वर्षको जेठ २२ गतेसम्म ४ हजार ५४ वटा मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकमा उल्लेख छ ।

ADVERTISEMENT

गत वर्षको तुलनामा यस वर्ष अपराधका मुद्दा दर्ता ३ दशमलव १ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत चालु आवमा ३ हजार ९३४ वटा मुद्दा दर्ता भएको थियो ।

चालु आवमा कर्तव्य ज्यान मुद्दामा ३६, ज्यान मार्ने उद्योगमा ६३ मुद्दा, सवारी ज्यान मुद्दामा २०८, लागूऔषध मुद्दा ३२२, जवरजस्तीकरणीमा २ सय २४, जवरजस्तीकरणी उद्योगमा ५९ जना मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

यसैगरी, आत्महत्या दुरुत्साहन मुद्दामा ७९४, ठगी मुद्दामा ५७, चोरी मुद्दामा २५९, जुवासम्बन्धी मद्दामा ३३, बहुविवाह मद्दामा ६५ र अन्य शिर्षकमा १ हजार ९३४ मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *