हेटौंडामा बजाज चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल सार्वजनिक

हेटौंडा, हेटौंडामा बजाज चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल सार्वजनिक गरिएको छ । नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले हेटाैडामा रहेकाे हाेराइजन अटाे प्रालिमा साेमबार एक कार्यक्रमकाबीच चेतक सी २५०१ र सी ३५०३ दुई मोडलको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेकाे हाे ।

ADVERTISEMENT

सार्वजनिक गरिएका दुई मोडलमध्ये चेतक सी-२५०१ तुलनात्मक रूपमा सस्तो र किफायती संस्करणका रूपमा आएको छ । यसमा २.५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ, जसले एकपटकको फुल चार्जमा १ सय १३ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

प्रतिघण्टा ६० किलोमिटरको टप स्पिड रहेको यो स्कुटर ४ घण्टामा पूर्ण रूपमा चार्ज हुन्छ । सहरी क्षेत्रमा सहज आवतजावत चाहने प्रयोगकर्तालाई लक्षित गरी यो संस्करण ल्याइएको हो ।

ADVERTISEMENT

यस्तै चेतक सी-३५०३ भने आधुनिक फिचरले भरिपूर्ण प्रिमियम इलेक्ट्रिक स्कुटरका रूपमा भित्र्याइएको छ । यसमा ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ, जसले एकपटकको फुल चार्जमा १ सय ५३ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।

प्रतिघण्टा ७० किलोमिटर टप स्पिड रहेको यस मोडलमा ३५ लिटरको ठूलो बुट स्पेस र कलर एलसीडी डिस्प्ले राखिएको छ । साथै यसमा फुल मेटल बडी, हिल होल्ड असिस्ट, इको र स्पोर्ट राइड मोड, ब्लुटुथ कनेक्टिभिटी, कल तथा नोटिफिकेसन, म्युजिक कन्ट्रोल, रिभर्स मोड र कम्बाइन्ड ब्रेकिङ सिस्टम लगायतका फिचर समावेश रहेकाे हाेराइजन अटाे सेन्टरका सञ्चालक लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

चेतक सी २५०१ को मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ र सी ३५०३ को ३ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya