एमाले पहिलो पार्टीः नेता गुरूङ्ग

हेटौंडा, नेकपा एमाले पोलिटव्यूरो सदस्य पार्वत गुरूङ्गले नेपालको राजनीतिमा नेकपा एमाले पहिलो पार्टी भएको बताएका छन् ।

ADVERTISEMENT

नेकपा एमाले हेटौँडा ४ नं. वडा कमिटीद्वारा आयोजित कार्यक्रममा नेता गुरूङ्गले संगठन संरचना, विस्तार, गतिविधि, राष्ट्रिय राजनीतिमा लिएको सहि अडान र संघीय निर्वाचन प्राप्त जनमतले नेकपा एमाले पहिलो पार्टी भएको उनले दावी गरे
व्यवस्था परिवर्तनको कार्यभार पूरा भईसकेकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरणको लागि सामाजिक, आर्थिक, साँस्कृतिक रूपान्तरण आवश्यक रहेको र अभियानको नेतृत्व नेकपा एमालेले गरिरहेको उनले बताए ।

राजनीतिमा जनताको गुम्दै गएको विश्वासलाई जगाउन नेकपा एमालेका हरेक कार्यकर्ताहरू क्रियाशिल हुनपर्नेमा उनले जोड दिए। नेकपा एमाले, हेटौडा उपमहानगरपालिका कमिटी ४ नं. वडा कमिटीद्वारा आयोजित भेलाको अध्यक्षता अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटीका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देलले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला सचिवालय सदस्य सुनिल मुक्तान, जिल्ला सदस्यहरू भवानी शर्मा, जग्गनाथ पाण्डे, शालिकराम ढकाल, उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, उपसचिवहरू जनरल श्रेष्ठ, उर्मिला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *