रसुवा बाढीपीडितका लागि नमुना प्रगति सहकारीको ८२ हजार १३० रुपैयाँ सहयोग


हेटौँडा, रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि हेटौँडा २ मा रहेको नमुना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ८२ हजार १३० रुपैयाँ सहयोग गरेको छ ।

ADVERTISEMENT

संस्थाको मिति २०८३ भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गत भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपद् प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्ने उद्देश्यले संस्थाले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

सहकारीका अनुसार उक्त सहयोग रकममध्ये शेयर सदस्यहरूबाट प्रतिव्यक्ति २० रुपैयाँका दरले ५३ हजार ६२० रुपैयाँ, कर्मचारीको दुई दिनको तलबबापत १४ हजार ९१० रुपैयाँ तथा सञ्चालक तथा लेखासुपरिवेक्षण समितिको एक बैठक भत्ताबापत १३ हजार ६०० रुपैयाँ संकलन गरिएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya