वडा अध्यक्ष रायमाझीको पहलमा बेवारिसे महिलाको उद्दार

थाहा नगर, १९ पुस/थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीझीको पहलमा एक बेवारिसे महिलालाई उद्दार गरि मानबसेवा आश्रम हेटौंडामा बुझाइएको छ ।

ADVERTISEMENT

बिगत ४ बर्ष देखि वडा नम्बर ३ को कार्यालय नजिक पाटीमा बसी कष्टकर जीवन यापन गर्दै आएकी एक महिलाको उद्दार गरि मानबसेवा आश्रम हेटौंडामा आज मंगलबार बुझाइएको अध्यक्ष रायमाझीले बताए।

अन्दाजी ६० बर्षिय महिलाको नाम, थर, परिवारजन केहि थाहा नभएको र कहाँबाट आएको भन्ने पनि थाहा नभएकोले इलाका प्रहरी कार्यालय पालुङको सहयोगमा आश्रममा बुझाईएको हो ।

अध्यक्ष रायमाझीले उद्दार कार्यमा सहयोग गर्ने मानब सेवा आश्रम हेटौंडाका प्रकाश पौडेल, इलाका प्रहरी कार्यालय पालुङ, वडा सदस्य कबिता बिष्ट लगायतलाई धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *