हेटौँडा १७ बालमैत्री वडा घोषणा

हेटौँडा, यसै आर्थिक वर्षमा हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको अभियानमा हेटौँडा थपिएको छ । शुक्रबार ‘बालश्रम मुक्त, बालविवाह मुक्त’ वडा घोषणा सँगै हेटौँडा १७ उपमहानगरको चौथो वडा भएको हो । यस अघि हेटौँडा, २ र ७ नम्बर वडा बालमैत्री वडा घोषणा भैसकेका छन् ।

ADVERTISEMENT

शुक्रबार हेटौँडा १७ मा आयोजित वडा स्तरीय कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले वडालाई बालमैत्री घोषणा गरेका हुन् । कार्यक्रममा नगर प्रमुख लामाले उपमहानगर बालमैत्री र युवा मैत्री बनाउने अभियानलाई अघि बढाउँदै लगेको बताइन् । यसलाई कार्यान्वयनमा लैजानका लागि पालिकाबाट कुनैपनि समस्या नहुने प्रतिबद्धता जनाइन् । जसरी वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा स्थानीय साथ र सहयोग रहेझैँ यसलाई दिगो बनाउँनका लागि पनि यस्तै सहयोगको आवश्यकता रहेको बताइन् ।

बालमैत्री वडा घोषणाका लागि तोकिएका सूचक पुरा गरे नगरेको अनुगमन गरेसँगै वडाहरूलाई बालमैत्री घोषणा गरिदै आएको छ । घोषणा सभा हुनु अगावै वडाका बिभिन्न टोलबिकास समुह, आमा समुह, सहकारीको टोलीले ¥याली प्रदर्शन गरेको थियो । शनिवार पाँचौँ वडाको रुपमा हेटौँडा १० नम्बर बालमैत्री घोषणा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *