हेटौँडामा नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता हुने

हेटौंडा, हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा ‘नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ स्थानीय स्तरमा प्रतिभाशाली खेलाडीको पहिचान, प्रोत्साहन तथा युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराइएको हो ।

ADVERTISEMENT

​नगरस्तरीय क्रिकेट प्रतियोगिताको व्यवस्थापन नगरस्तरीय क्रिकेट प्रतियोगिता व्यवस्थापन समिति हेटौँडा–४ ले गर्नेछ भने मकवानपुर क्रिकेट संघले प्राविधिक सहयोग पुर्‍याउनेछ। वडागत आधारमा सञ्चालन हुने यस क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरू सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्ने प्रावधान राखिएको छ। प्रतियोगिताको उद्घाटन असोज १० गते लोकतान्त्रिक हुप्रचौरमा हुनेछ।

​क्रिकेट प्रतियोगिताका विजेताले नगद रु. ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. ३० हजार पाउनेछन्। यसैगरी म्यान अफ द सिरिजलाई रु. ५ हजार, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र नवप्रतिभा खेलाडीलाई जनही रु. २ हजार ५ सयका साथै प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद रु. १ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

​त्यसैगरी नगरस्तरीय तेक्वान्दो प्रतियोगिता (जुनियर आमन्त्रण) को व्यवस्थापन तथा प्राविधिक सहयोग मकवानपुर तेक्वान्दो डोजाङले गर्नेछ। १४ वटा डोजाङका करिब १६० जना खेलाडीहरूले सहभागिता जनाउने उक्त तेक्वान्दो प्रतियोगिताको उद्घाटन असोज ३ गते हुनेछ। महिला तथा पुरुषतर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइने यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नगद रु. ३ हजार पुरस्कार दिइनेछ। पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला तेक्वान्दाे संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यलगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya