निर्माण व्यवसायीलाई यातायात व्यवसायीको बधाई

हेटौंडा, नारायणी यातायात व्यवसायी संघले मकवानपुर निर्माण व्यवसायी संघका नवनिर्वाचित समूहलाई बधाई ज्ञापन गरेको छ ।

ADVERTISEMENT

आइतबार संघको सभाकक्षमा आयोजित कार्यक्रममा अध्यक्ष हीरालाल श्रेष्ठले यातायात क्षेत्रमा अझै पनि चुनाव हारेपछि संघ फोर्ने रोग रहेको र यातायात तथा निर्माण क्षेत्रलाई इज्जाजत ढंगले हेर्ने प्रचलन नभएकाले यसलाई मर्यादित बताउन सहकार्य आवश्यक रहेको बताएका छन् ।

उनले यातायात क्षेत्रमा अझै पनि पञ्चायतकालीन प्रवृत्तिको हावी रहेको पनि उल्लेख गरे ।

निर्माण व्यवसायी संघका अध्यक्ष बालमुकुन्द ढकालले संघप्रति आभार गर्दै मकवानपुरको विकास निर्माण कार्यमा सहकार्य रहने बताएको थियो । कार्यक्रममा नारायणीका महासचिव सरोज खनालले बैंकहरुले गरेको ज्यादतीका घटनामा सबै व्यवसायीको समान पीडा भएकाले सहकार्य गरेर आन्दोलन गरिने जानकारी दिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *