पशु स्वास्थ्य प्राविधिक दिवसमा किसान पुरस्कृत

हेटौंडा, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको सातौं स्थापना दिवसमा दूध उत्पादन गर्ने किसान पुरस्कृत भएका छन् । हेटौंडा उपमहानगरपालिका ७ का किसान पुरस्कृत भएका हुन् ।

ADVERTISEMENT

हेटौंडा ७ मा रहेको वनदेवी दुग्घ उत्पादक सहकारी संस्थामा आवद्ध रहेका किसानलाई संघले वर्गीकरण गरेर पुरस्कृत गरेको हो । सहकारीको सदस्य धेरै रहेका, गुणस्तरीय, सफा दूध बिक्री गर्ने किसानलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक रेशम बस्नेतले जानकारी दिए । सहकारीले धेरै दूध बिक्रीका लागि ल्याउने किसान नैनाकला सिलवाल, बिजयबहादुर बस्नेत, उमा रेग्मी पोखरेल र दीपककुमार खड्कालाई पुरस्कृत गरेको हो ।

सहकारीका अनुसार बढी दूध बिक्री गर्ने सिलवाल प्रथम, बस्नेत द्धितिय, रेग्मी तृत्तीय र खड्कालाई सान्तवना पुरस्कार स्वरुप पशुका लागि आवश्यक रहेको औंषधी हस्तान्तरण गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले पुरस्कृत गरेकी हुन् । पुरस्कृत भएका सिलवालले दैनिक ७५, बस्नेतले ४५
रेग्मीले ३५ र खड्काले ३० लिटर दूध सहकारीमा बिक्री गर्ने गरेको व्यवस्थापक बस्नेतले बताए । पुरस्कृत किसानलाई पशुका लागि आवश्यक क्यालसियम, नाम्ले र जुकाको औषधी, भिटामिन, खनिज मिश्रण औषधी र लेभटोनिक सहितका आवश्यक औषधि वितरण गरिएको हो । संघले वडामा सहकारीमा आवद्ध किसानका लागि घरदैलो अभियान गरी ७० जना किसानलाई औषधी वितरण गरेको थियो ।

ADVERTISEMENT

प्रमुख अतिथी लामाले दिगो आर्यआर्जनको बाटो पहिल्ल्याएको भन्दै खुसी व्यक्त गरिन् । उनले कृषि क्षेत्रको विकासबाटै समाज अघि बढ्ने भन्दै पशु बीमाको क्षेत्रमा उपमहानगरले सहयोग गर्ने बताइन् । प्राविधिक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ७ का अध्यक्ष दामोदर गौतम, संघका केन्द्रीय सदस्य कृष्णप्रसाद भट्टराई, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. बव्लु ठाकुर, जनप्रिय प्राविधिक शिक्षालयका मोतीहुर रहमान लगायतको आतिथ्यता थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya