हेटौंडा बचतको २७ औं वार्षिक साधारणसभा सम्पन्न

हेटाैडा, हेटौंडा–७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

ADVERTISEMENT


संस्थाका अध्यक्ष राजु वाइबाको सभाध्यक्षता तथा संस्थाका संस्थापक सदस्य कुल प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । साधारणसभामा संस्थाका सचिव युवराज गौतमले बर्ष २०८२/०८३ मा शेयर सदस्य सँख्या ६ हजार ९ सय २२ जना रहेकोमा उनीहरुको शेयर पुँजी ५ करोड २४ लाख ५८ हजार रहेको जानकारी दिनुभयो । त्यस्तैसंस्थाको बचत रकम सबै किसिमको गरि कुल ५६ करोड २७ लाख ४१ हजार रुपैयाँ रहेको जानकारी दिनुभयो ।

संस्थाको कुल पुँजी ६४ करोड ४६ लाख ७० हजार रुपैयाँ रहेको संस्थाले जनाएको छ । यस आर्थिक बर्षदेखि कारोबार नियमित भएका सदस्यहरुलाई ३ लाख सम्म सामुहिक जमानीमा कर्जा लगानी गरिएकोे सचिव गौतमले बताउनुभयाे । अध्यक्षको प्रतिवेदनको पेश गर्दै अध्यक्ष वाइबाले आर्थिक बर्ष २०८२/०८३ मा संस्थाका विभिन्न शिर्षकमा राहत रकमहरु वितरण गरिएको जानकारी दिनुभयो । संस्थाले सदस्य सुरक्षण राहतमार्फत संस्थाका २३ जना मृतकका परिवारलाई २८ हजारको दरले ५ लाख ८ हजार रुपैंया प्रदान गरिएको अध्यक्ष वाइबाले जानकारी दिनुभयो । यस्तै दुर्घटना राहत २४ जनालाई ४ हजारको दरले ९६ हजार र १ जनालाई २ हजार गरि कुल ९ हजार रुपैयाँ प्रदान गरिएको छ भने घातक रोग उपचार राहत अन्र्तगत १० जनालाई १० हजारको दरले कुल १ लाख रुपैयाँ प्रदान गरिएको र सदस्य वा सदस्यको श्रीमती परिवारमा सुत्केरी पोषण राहत अन्र्तगत ४९ जनालाई २ हजारको दरले ९८ हजार रुपैयाँ प्रदान गरिएको बताउनुभयो ।


कार्यक्रममा मासिक बचत तर्फ हिरामाया साखी क्षेत्री, भागिरथी शर्मा र कृष्ण बहादुर थापा मगरलाई पुरस्कृत गरिएको छ । यस्तै दैनिक बचत तर्फ गजेन्द्र कुमार खनाल, श्रीमाया घलान तथा छविलाल शर्मालाई पुरस्कार प्रदान गरिएको छ । बाल बचत तर्फ सुदृष्टि सिग्देल, प्राब्यान हुमागाई, सिमरन थिङलाई पुरस्कृत गरिएको थियो । असल ऋणीतर्फ कृष्णहरी खतिवडा, नानुमाया राइ र प्रदीप ओझालाई पुरस्कृत गरिएको छ । यस्तै संस्थाका कानुनी सल्लाहकार ध्रुव प्रसाद चौलाागाई र पत्रकारिता तर्फ पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलाई सम्मानित गरिएको छ । यस्तै लखपति बचत तर्फ सिर्जना घिमिरे, उत्कृष्ट सदस्यतर्फ सरिता अधिकारी, आवधिक बचत तर्फ तोरण कुमारी सुवेदी, संस्थालाई योगदान पु¥याउने रामहरी सापकोटा, संरक्षित पुँजी फिर्ता कोषतर्फ चन्दा क्षेत्री र कर्मचारी तर्फ शोभिता अधिकारीलाई पुरस्कृत गरिएको छ । संस्थाका उपाध्यक्ष खडानन्द चाैलागाइले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya