शुद्धिकरणको मापदण्ड पालना नभएको युनियनको ठम्याइ


हेटौंडा, नेपाल प्रेस युनियन मकवानपुरले पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई सदस्यता प्रदान गर्न र केन्द्रले बनाएको मापदण्ड सबैलाई लागू गर्न आग्रह गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरको ध्यानाकर्षण गराएको छ । महासंघ मकवानपुर शाखाले केन्द्रले तोकेको मापदण्ड पूर्णरुपमा पालना नगरी सरकारी नियुक्ती लिएका र राजनीतिमा क्रियाशील रहेकाको सदस्यता कायम राखेको र सञ्चारकर्ममै क्रियाशील रहेकाहरुको नवीकरण र नयाँ सदस्य हुनबाट बञ्चित गरेको भन्दै युनियनले विज्ञप्तिमार्फत महासंघको ध्यानाकर्षण गराएको हो ।

ADVERTISEMENT

युनियन अध्यक्ष सुवास विडारीले शुक्रबार विज्ञप्ति जारी गर्दै महासंघ मकवानपुर शाखाले केन्द्रले तोकेको मापदण्ड पूर्णरुपमा पालना नगरी मनोमानी ढंगबाट सदस्यता सिफारिस गरेको भन्दै आपत्ति जनाए । जिल्लामा सक्रिय कलमजीवीहरुको उजुरी लिने र सोमाथि कुनै छलफल समेत नगरी प्रदेशलाई सिफारिस गरेको भन्दै महासंघको कदमप्रति युनियनको पूर्ण असहमति रहेको बताइएको छ । युनियनले क्रियाशील सञ्चारकर्मीहरुलाई असार २७ गतेसम्म प्रदेश समितिमा सदस्यको विषयमा उजुरी गर्न आह्वान समेत गरेको छ ।

प्रेस युनियनले क्रियाशील सञ्चारकर्मीहरुलाई महासंघको सदस्य हुनबाट बञ्चित नगर्न महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखालाई आग्रह पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *